प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने धातु सहित पक्राउ

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थान सहित कपिलवस्तु बाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकवर अलि मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकवरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।