प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०९-२०

  • A
  • A-
  • A+
Share

पाल्पा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही सियारी गाउँपालिका-६ बस्ने ३८ वर्षीय अन्तराम थारुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पाल्पा रैनादेविछहरा गाउँपालिका-८ गल्दास्थित बाटो छेउमा आइतबार दिउँसो ती किशोरीलाई अन्तरामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार