प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०८-०१

  • A
  • A-
  • A+
Share

मोरङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका-४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार