प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने तीन जना पक्राउ

२०८१-०८-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका-४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका-२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक-फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढि वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।