प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हनि ट्रयापमा संलग्न तीन जना पक्राउ

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया बर्षा दर्जी रहेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई बर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा बर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको बर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रूपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ । 

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन १० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१ प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।