प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्त पक्राउ

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

बारा, कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

 आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा गत जेठ ३२ गते साँझ हरिभुषणको गोली हानी हत्या भएको घटनामा संलग्न रही फरार रहेका सुरेन्द्र प्रसाद मोरङमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।