प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०८-१५

  • A
  • A-
  • A+
Share

दाङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका-६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार