भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०८-१८
- A
- A-
- A+
बझाङ, बित्थडचिर गाउँपालिका-१ बित्थडखोलाबाट १ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बोहरा र ३९ वर्षीय राम बहादुर खड्का रहेका छन् ।
प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।