प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०९-१०

  • A
  • A-
  • A+
Share

मोरङ, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मो.रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार रहेका छन् । कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो । साथै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा लगेर ३ जना मध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य २ जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । 

प्युठान, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-१ खारखोला बस्ने २५ वर्षीय ज्ञानेन्द्र राना मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१७

पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-९ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-४ घर भएका ४१ वर्षीय श्री प्रसाद राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्री प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय राम कृष्ण विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१६

उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सिन्धुली, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका-३ बस्ने २३ वर्षीय भक्त बहादुर कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  संखुवासभा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका-५ बस्ने भोटखोला गाउँपालिका-४ घर भएका ४३ वर्षीय किरण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१०

कैलाली, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने २८ वर्षीय कृष्णराज भट्टराईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कृष्णराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालखेती समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तेह्रथुम, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमर्जुङ बस्ने ४४ वर्षीय खलेत्रे भन्ने लिलम बहादुर लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिलम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।