प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८१-०९-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई वेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । 

उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।