प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

२०८१-०९-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी गोरखा आरूघाट गाउँपालिका-८ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-८ बस्ने २९ वर्षीय सिजन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।     

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही वारदात पश्चात फरार रहेका सिजनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कञ्चनपुर भिमदत्त नगरपालिकास्थित नेपाल भारत सिमाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


सम्बन्धित समाचार
कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१०-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने धनुषा बटेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय राम बिहारी महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०९-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका-३२, अभिशेषलाई काठमाडौं महानगरपालिका-१२ बाट, चेतनारायणलाई काठमाडौं महानगरपालिका-२६ बाट र रेशमलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।