प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

२०८१-०९-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४८ वर्षीया शिवा न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-५ नमुनाटोल घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४७ वर्षीया भुमिका देवान रहेका छन् । 

पक्राउमध्ये शिवाले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख रूपैयाँ र भुमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शिवालाई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट र भुमिकालाई ललितपुर महानगरपालिका-२७ सुनाकोठीबाट पक्राउ गरेको हो । 

शिवालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको  छ भने भुमिकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन १० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१ प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७

काठमाडौं, जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पुर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने ३१ वर्षीय संजय विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  २०८० मंसिर ५ गते तनहुँ भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढु‌ङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको होटलमा लगि जबरजस्ती करणी गरी हत्या गरी फरार भएको घटनामा विकलाई प्रहरीले २०८१ साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उक्त मुद्दामा जन्म कैदको फैसला भई कारागारमा चलान भएकोमा २०८२ भाद्र २४ गतेको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट भागी फरार रहेको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । साथै २०८२ चैत २२ गते नवलपरासी पूर्व देवचुली नगरपालिका-१६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाई उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट भएको र घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।