प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१०-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०२

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-२ पानधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।