जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१०-१९
- A
- A-
- A+
पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।