प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगीमा संलग्न दुई जना पक्राउ

२०८१-१०-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् । 

नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेल मार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो । 

उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  महेशले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-१०-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।  पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-२९

काठमाडौं, डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तामाङ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-४ गोकर्णबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।