प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ कुलेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् । पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

३१ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि शुरू
२०८२-०८-१७

काठमाडौं, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ बुधबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको चर्चा गर्नुभयो । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्र रूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उहाँले बताउनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालयद्वारा बैण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।   प्रतियोगिता अन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल ०-० को बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

नक्कली नोट सहित तीन जना पक्राउ
२०८२-०८-१७

रौतहट, ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण-२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् । प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका-९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।  पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौं महानगरपालिका-२६ बाट र ईश्वरलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो  ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।