प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-२ वनदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय आरिफ अन्सारी, २५ वर्षीय राजेश शर्मा र सोही उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय तुसार गुप्‍ता रहेका छन् । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित कैलाली लम्कीचुहा नगरपालिका-२ बस्ने २३ वर्षीय महेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, हल्दीबारी गाउँपालिका-३ र भद्रपुर नगरपालिका-७ जोड्ने झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-२ बस्ने २२ वर्षीय आषिश हेमरन, २३ वर्षीय रवि महतो र सोही गाउँपालिका-१ बस्ने ३१ वर्षीय सुजन राई रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

भोजपुर, भोजपुर नगरपालिका-९ भोटेपसल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित टेम्केमैयुङ गाउँपालिका-२ बस्ने २२ वर्षीय कन्चन बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भोजपुर नगरपालिका-९ पिपलबोट टोल बस्ने अनिल राई र रमेश राईबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले अनिलको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ९० ट्याब्लेट, स्पास्पेन १ हजार ५ सय ट्याब्लेट र अवैध लागूऔषध गाँजा १ सय २० ग्राम र रमेशको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट, स्पासपेन ५ सय ७० ट्याब्लेट फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्किलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-३ मालाखेती बस्ने २७ वर्षीय सुरज भट्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने सोही नगरपालिका-८ घर भएका २५ वर्षीय धर्म गज रोकायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय १० मिलिग्राम सहित मनहरी गाउँपालिका-४ हाँडिखोला बस्ने २१ वर्षीय अमन प्रजालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२५

कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला बस्ने २७ वर्षीय झलक बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको ह । कपिलवस्तु, मायाँदेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-६ कर्मा बस्ने २५ वर्षीय सुनिल बानिया र १९ वर्षीय धर्मेन्द्र सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडा कपिलवस्तुबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२५

काठमाडौं, तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ ग्राण्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय बिसाल पाठक र झापा मेचीनगर नगरपालिका-१० घर भएका २१ वर्षीय ईमान महमद रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलबाट नियन्त्रित फेनारगन ३९ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २१ वर्षीय रबिन उचाइलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कृष्ण मन्दिरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प २४९२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ दर्बेशा बस्ने २१ वर्षीय पारस राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका को.२५ प १८१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बिपि चोक बस्ने १९ वर्षीय गणेश बर्देवा र लेटाङ नगरपालिका-४ हाटखोला बस्ने २४ वर्षीय देबिन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय  रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।उदयपुर, कटारी नगरपालिका-४ जहडीबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय २५ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय रंजित ठाकुर र सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय अरजित तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही ठाउँ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात बिष्णुलाई कटारी नगरपालिका-४ स्थित पानी ट्याङ्की जंगलबाट गाँजा ९ किलो ३५ ग्राम सहित फेला पारी पक्राउ गरेको छ । बाँके, खजुरा गाउँपालिका-३ आदर्शनगर डेरा गरी बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय रोशन सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम र नगद ८ हजार ६ सय ७५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रोहित रायलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२४

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेट सहित सोही नगरपालिका-३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र  नोर्फिन २५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२३ पामे बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका-६ दरवाङ बस्ने ३२ वर्षीय ज्ञान बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको  ग.१६ प ४९७ नम्बरको मोटरसइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०७-२४

रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-१६ तामाङटोल बस्ने २७ वर्षीय बुद्द सिंह वाईवा र हरिवन नगरपालिका-३ श्रीपुर बस्ने २४ वर्षीय शरिन योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले म.प्र. ०३-०२५ प ५८२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, फेनारगन ३९ एम्पुल र नोर्फिन ३९ एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिकास किसानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, जानकी गाउँपालिका-६ करातीपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय मनोज खटीकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ कृष्ट अस्पताल नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका-५ घर भएका २२ वर्षीय सुवास नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  डोल्पा, ठुलीभेरी नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २० वर्षीय दिपेन्द्र कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने २६ वर्षीय सुरेन्द्र थारू र २५ वर्षीय रमेश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित ठाकुरबाबा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने ६८ वर्षीय खेदु महतोलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम र नेपाली रूपैयाँ ४ हजार २ सय २५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसल र पसलसँगै जोडिएको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध गाँजा सहित श्रीलंकन नागरिक पक्राउ
२०८२-०७-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित श्रीलंकन नागरिक ३२ वर्षीया NIROGINI MURUGAN शनिबार दिउँसो पक्राउ परेकी छिन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०७-२३

झापा, दमक नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १५ मिलिग्राम र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २५ वर्षीय निराज सापकोटा र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अरूण रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित  जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-९ पचमोडीयास्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बनबासा बस्ने २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश बुढा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । लमजुङ, बेसीशहर नगरपालिका-८ दुलाल टोलबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १४ एम्पुल सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-७ मरूवाखोला घर भएका २८ वर्षीय विनेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।