प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरूमा स्याङ्जा फेदीखोला गाउँपालिका-२ बायाँटारी बस्ने ३६ वर्षीय नविन खत्री, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्नगर नगरपालिका-१२ तीनकुने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका-१२ बस्ने ३५ वर्षीय बिजय कालुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रूपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चितवन, रत्ननगर नगरपालिका-१२ बालदेबी टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुबास पोखरेल र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००२ प ५५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्राम सहित झापा बिर्तामोड नगरपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२१ बस्ने २४ वर्षीय शिबजी तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ त्रिशुले चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईन्द्रसरोवर गाउँपालिका-१ कुलेखानी बस्ने ३४ वर्षीय सुदिप थापा मगर र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-७ दशई महाजन टोल बस्ने २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका-६ ग्रामिण टोल बस्ने २८ वर्षीय अरबिन्द सिंह दनुवार र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय रबिन मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय किसन बिक र ३५ वर्षीय हरि सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २ सय ९० मिलिग्राम र हरिलाई २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२६

काठमाडौं, वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८२-०७-२६

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।