प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१-११-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ५७ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ पुरान चोक घर भई हाल काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने ४० वर्षीय दिपक राय समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा अवैध लागूऔषध खरीद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २८ वर्षीय संजिव जिमि र २४ वर्षीय अभिषेक तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ यातायात कार्यालय पछाडि सडक छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश २ किलो १ सय ७५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ नवदुर्गा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय भक्त राज जोशी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-६ लालपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १  ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय करण नेपाली र २४ वर्षीय बाजी आउजी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-१७ कालिन्चोक चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१ बस्ने ४३ वर्षीय सत्यन्द्र पंजियार र मिर्चैया नगरपालिका-६ बस्ने २० वर्षीय सरोज कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय माडर सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ४३३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-१ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

बाँके, डुडुवा गाउँपालिका-५ कम्दी बालापुर बस्ने ३७ वर्षीय राम चरण बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ७ सय ६० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

दाङ, घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका-७ कुमाल गाउँ घर भएका २६ वर्षीय सुवास विक, उनकै श्रीमती २६ वर्षीया सुनिता घर्ती र सोही उपमहानगरपालिका-१४ भेटनरी टोल बस्ने २४ वर्षीया सोनु विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरू बस्ने कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५० मिलिग्राम सहित ईटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २७ वर्षीय सुरज कुमार ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-२६

काठमाडौं, टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-९ बगैचा लाईनस्थित रत्न होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सन्देश तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे घर भएका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोड नगरपालिका-६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश०२-०२७ प ३२८१ र बागमती प्रदेश ०२-०४३ प ४८८२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१८ एक्लोडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोलुखुम्बु घर भएका २४ वर्षीय एलस राई र नुवाकोट घर भएका २६ वर्षीय जयमान लामा रहेका छन् । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित नुवाकोट घर भएका १९ वर्षीया अंजली रोईलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गारामनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन २ सय ९५ ट्याब्लेट सहित दमक नगरपालिका-२६ बस्ने सुमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कनकाई नगरपालिका-३ पिंगडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३४ वर्षीय बिदुर पौडेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०१२६ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-९ माछागढ बस्ने २७ वर्षीय मोहन थारू र २५ वर्षीय दिल बहादुर थारू रहेका छन् । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले भे.६ प ९१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय अमृत प्रसाद पौडेल र ३१ वर्षीय रूद्र बहादुर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँ बस्ने २७ वर्षीय जुबेर हलुवाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-२५

    सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१२ शिवनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कौशिला कालुङ् र सोही नगरपालिका-९ बस्ने ३९ वर्षीया निशा वली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कौशिलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कञ्चनपुर पुर्नवास नगरपालिका-११ बस्ने १९ वर्षीय निशान ढकाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश मल्ललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-४ गोबरीया बस्ने २९ वर्षीय अमित चौधरी, सोही नगरपालिका-१८ सालघाँरी बस्ने २७ वर्षीय शेखर चौधरी र शुक्लाफाँटा नगरपालिका-७ झण्डभोज बस्ने  २४ वर्षीय सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीसँगै आएका हाल फरार १ जनाको खोजी गरिरहेको छ ।    मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय कलाम मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ डाडाकोनाकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ एम्पुल, फेनारगन ५ एम्पुल र डाईजेपाम १ एम्पुल सहित सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने २३ वर्षीया सुस्मिता गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१० प २४३१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१९ ब्रहमपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय ४० मिलिग्राम र नगद १९ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय चक्र बहादुर जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३९ प ३१२३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ सनराइजहोम स्नुकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय अनिस लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०१-२४

चितवन, भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ बस्ने २५ वर्षीय पुजन दराई, सोही महानगरपालिका-२७ बस्ने २६ वर्षीय प्रबेश गुरूङ र  २९ वर्षीय सन्तोष गुरूङ रहेका छन् । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २६ वर्षीय नैनुदिन अन्सारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८६ ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय बासुदेब खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पथरी समेतबाट खटिएको प्रहरीले बा.९७ प ६०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ बस्ने २२ वर्षीय निकेस माझीसँग खरिद गरेको भन्ने खुल्नआएपछि निकेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २० वर्षीय ज्ञानेन्द्र लिम्बु,  २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले यमराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ४ सय १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने २० वर्षीय धर्मराज रामलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र.२-०३-०१६ प ३९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०१-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय अलताब किंगरीयालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-२ उत्तरशीला बस्ने २९ वर्षीय पूर्ण बहादुर थापालाई अवैध लागूऔषध गाँजा ९ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।