प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

२०८१-११-११

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दिपेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट स्याङ्जातर्फ आउँदै गरेको बा.३ ख ३९२४ नम्बरको हाइसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध गाँजा १४ किलो ७ सय ७४ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५  कुशवाङ बस्ने ४९ वर्षीया प्रेमसरि रोका र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने २६ वर्षीया सरिता पुन रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका शुकलाललाई  ३ किलो १ सय २८ ग्राम, प्रेमसरिलाई ५ किलो ९ सय ६८ ग्राम र सरितालाई ५ किलो ६ सय ७८ ग्राम गाँजा सहित पक्राउ गरेको हो । 

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ बस्ने ५१ वर्षीया सुकुमाया तामाङलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलोग्राम सहित  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

रूपन्देही, सैनामैना नगरपालिका-१ रानिबगिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नगद २३ हजार ५ सय ६० रूपैयाँ सहित सोही नगरपालिका-२ बस्ने ३१ वर्षीय मोहन राम्जालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१ पष्पलाल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम, नगद ९ हजार ३ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अजय चौधरी र सोही नगरपालिका-७ बस्ने सुरेश धामी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१७ सिमी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ५ ट्याब्लेट र स्पास्पेन ९ सय ६ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय योगेन राई र २१ वर्षीय खेम यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घोपाबाट सिमीचोकतर्फ जाँदै गरेको प्र.१-०२-०४० प ५६०४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर घर भएका १९ वर्षीय रोमन राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सुजलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ५४ एम्पुल, डाईजेपाम ५४ एम्पुल र नोर्फिन ५४ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुली घर भएका २१ वर्षीय पेम्बा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरीले पेम्बाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ अत्तरीया डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका-१ घर भएका २४ वर्षीय नन्दराज भट्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा ३३ किलो ६ सय १० ग्राम सहित बिराटनगर महानगरपालिका-५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी एम्बुलेन्स चालक दुर्गालाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ मेवाहाङ चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कबिन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-५ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम १७ मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने १९ वर्षीय बिकाश कुमार यादव र भारत बिहार पूर्णिया भवानीपुर पंचायत घर भएका १९ वर्षीय कृष्ण कुमार मेहता रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ५० एडि नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।    सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले दिपेन्द्र मण्डलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०७-१९

सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चोहर्वाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१० दशई महाजन टोल बस्ने २० वर्षीय रूपेश सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २१ वर्षीय राजु माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० गौरी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ७२ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पारस चन्द्र पुन र सोही महानगरपालिका-१५ गलेश्वर बस्ने पाल्पा घर भएका ४१ वर्षीय अनिष थापा रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पारसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने रत्ननगर नगरपालिका-२ घर भएका २८ वर्षीय सुजन मिजारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय खैरहनीबाट खटीएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-२० चिकंमुगल डेरा गरी बस्ने दोलखा शैलुङ गाउँपालिका-३ घर भएका २१ वर्षीय सुवास बस्नेतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ९ सय ९४ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ निराजन बस्ती झण्डा पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नगद १ लाख ३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण परियार, २६ वर्षीय सन्दिप राई र १९ वर्षीय सन्देश गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लक्ष्मणको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय ४० मिलिग्राम सहित धादिङ थाक्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय बिष्णु अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-७ पुरानो बाहुनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २८ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने १९ वर्षीय आशिष श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३४ मिलिग्राम सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय गणेश बहादुर बोहरा, २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी  र सोही नगरपालिका-६ बस्ने ३० वर्षीय गणेश बहादुर बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले गणेश बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिक्रनी बस्ने ३८ वर्षीय बिकास लामा र पोखरा महानगरपालिका-३२ बस्ने ३७ वर्षीय बिनोद ढकाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ४४९९ नम्बरको हाईसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने २७ वर्षीय राम बहादुर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र नगद ११ हजार ५ सय ८० रूपैयाँ सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने २२ वर्षीय बिकास समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१७  हेमन्तपुर बस्ने रूकुम पूर्व भूमे गाउँपालिका-२ घर भएका २३ वर्षीय निस्मत गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-१ छापापुर बस्ने २८ वर्षीय धर्मेन्द्र आचार्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-८ स्थित बिसाउने चौतारी क्याफे संचालन गरी बस्ने सोही नगरपालिका-५ घर भएका २८ वर्षीय हिमाल आले, सोही नगरपालिका-४ मुलपानी बस्ने २६ वर्षीय सरोज ढकाल र सोही नगरपालिका-१ बाङ्गेसिमल बस्ने ४७ वर्षीय प्रेम गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले हिमाललाई सोही नगरपालिका-८ बाट ११ ग्राम ४ सय ७० मिलिग्राम, सरोजलाई सोही नगरपालिका-४ बाट ३ सय ६० मिलिग्राम र प्रेमलाई सोही नगरपालिका-१ बाट  ३ ग्राम १ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९४५० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ किरात टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोम बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने ३१ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आकाश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बा.७ ख ६४८४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।