प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-११-१८

  • A
  • A-
  • A+
Share

डडेलधुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीय भोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

मकवानपुर, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार