प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न पाँच जना पक्राउ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने बारा कलैया उपमहानगरपालिका-८ घर भएका ३४ वर्षीय सन्तोष कुमार साह, ३५ वर्षीय प्रेम कुमार कुशवाहा, २६ वर्षीय गणेश साह, पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा घर भएका ३२ वर्षीय दिनानाथ कुमार साह र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २१ वर्षीया बिपना सार्की रहेका छन् । 

काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा उनीहरूले राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी पैठारी गरी ल्याएको २० किलोग्राम चाँदी सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

सम्बन्धित समाचार
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२६

काठमाडौं, वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८२-०७-२६

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।