प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

बैतडी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी बैतडी, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेलौली नगरपालिका-१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नायकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका-१ गडालेकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
२०८३-०४-११

उदयपुर, १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तोयाहाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मोरङ, १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।