प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

२०८१-११-२७

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७  हरैया बस्ने ३१ वर्षीय बिरू साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-१० घर भएका २२ वर्षीय एकेन्द्र साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयूरधाप चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास तिमिल्सेना, २६ वर्षीय कैलास लामा र ३२ वर्षीय प्रकाश मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट मयूरधापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-११ बस्ने ३५ वर्षीय फिरोज राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले को.२८ प ९६४६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-२ घर भएका २६ वर्षीय  रेवन घर्ती मगर र रूकुम पूर्व भुमे गाउँपालिका-६ घर भएका २२ वर्षीय बिन्दास रोका मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २९ किलो ६ सय ९५ ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पूर्व भुमे गाउँपालिका-२ खावाङ घर भएका ४४ वर्षीय फर्क बहादुर घर्ती, ५३ वर्षीय रूपधन घर्ती र ६४ वर्षीय जुन बहादुर पुन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उदयपुर, त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र  बुप्रेनोर्फिन १० एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय ललित चौधरी र सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिदायक राई रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आँउदै गरेको प्र.१-०५-००२ प १५२८ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी उदयपुर, कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ५ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ४ सय ६० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-५ घर भएका ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा नगरपालिका-१ घर भएका ४० वर्षीय दिलिप भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ज.१३ प १६१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ६० ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ लाटिकोइली बस्ने २३ वर्षीय भरत बिक र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय संजय टमटा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ख ०८६६ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-४ घर भएका २० वर्षीय पारस राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बस पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका-५ बस्ने २३ वर्षीय प्रशिष खड्का र झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ४० वर्षीय सुवास खवास रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय तोयनाथ वास्कोटा र सोही गाउँपालिका-२ पारागुपी बस्ने २२ वर्षीय निस्चल खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ आउँदै गरेको स.८ प ९०११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-३ नौबस्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम र मोबाइल १ थान सहित कोहलपुर नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ९० ट्याब्लेट,  स्पास्पेन ६ सय २ ट्याब्लेट, मोबाइल ३ थान र नगद २ हजार ६ सय ८० रूपैयाँ सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री र १९ वर्षीय सूर्य लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रेम बहादुरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-१ उचिडिहवा बस्ने ७६ वर्षीय किशोर मुराउलाई अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम सहित सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०८-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ३ सय ५० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय VISHAL KUMAR बुधबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । मोरङ, विराटनगर महानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी हरिनगर गाउँपालिका-७ बस्ने ५२ वर्षीय हबिब खाँ र सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय इरसाद आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२७ प ६४८१ र बीआर १९ वाई ९०५३ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ लम्की चोक बस्ने २० वर्षीय सेराज सल्मानीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-७ छगरियाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम सहित उदयपुर ताप्ली गाउँपालिका-२ लेखगाउँ बस्ने ४८ वर्षीय प्रेम बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुलबरियाबाट खटिएको प्रहरीले बा.४२ प ४७७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २३ वर्षीय निरज चौधरी र २१ वर्षीय शिव पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले म.प्र ०३-०३१ प ६९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२५

कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी डेरा गरी बस्ने वेदकोट नगरपालिका-४ बगुन घर भएका २८ वर्षीय सुनिल बिष्ट समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय हेमन्त धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१५ टुटेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल सहित गोदावरी नगरपालिका-४ बडिखेल बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ नव प्रतिभा टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय अमृत थापा र २६ वर्षीय मिलन महतो रहेका छन् । सप्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित भारत दार्जलिङ बस्ने ६१ वर्षीय गोपाल बैधलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६७८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ मंगलबारे चोक बस्ने २४ वर्षीया रोशनी राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ६५ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०८-२४

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ट्याब्लेट र ट्रामाडोल ४५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय बिनोद न्यौपाने, कालिकोट शुभकालिका गाउँपालिका-८ बस्ने २० वर्षीय नबिन शाही र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय राजेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०६२४ नम्बरको इभि गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०८-२४

चितवन, भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय बिष्णु गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.५५ प ६८८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० हजार ५ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ बस्ने १९ वर्षीय रामहरी मगर र सिद्धलेक गाउँपालिका-७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ०११७ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१७ अलौ बस्ने २४ वर्षीय बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण बहादुर साउदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कर्मीडाँडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धन बहादुर चौधरी रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय २० मिलिग्राम सहित विदेह नगरपालिका-१ ठाडी बस्ने ४१ वर्षीय अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले भोईलबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरूवा अहमद र भारत बहराइच बस्ने २५ वर्षीय तोहिद खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, बुप्रेनोर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-३ बस्ने २८ वर्षीय निर्मल बस्याल र तनहुँ आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय पृतम लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० लाहुरे टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६२ ग्राम २ सय ९० मिलिग्राम सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-३२ टेडा घर भएका १९ वर्षीय रैफुल्लाह मिया ठकुराई, १९ वर्षीय प्रवेज अन्सारी, १८ वर्षीय किशोर, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, सोही महागनरपालिका-२१ पार्वतीपुर बस्ने ३६ वर्षीय भीम प्रसाद तामाङ, ३२ वर्षीय मनोज विक, सोही महानगरपालिका-४ त्रिचोक बस्ने २१ वर्षीय सरोज योञ्जन तामाङ र पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने २३ वर्षीया आईषा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिमरा फारमेसगंज गाउँ पञ्चायत-१४ बस्ने ३० वर्षीय सुरज कुमार सोनी र २५ वर्षीय केशव कुमार सोनी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बिआर ३८ टि ३५९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ४१ वर्षीय राकेश यादव र भारत बिहार जोगवनी थाना इन्द्रपुर बस्ने २६ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले हुलासबाट दरैयातर्फ जाँदै गरेको को.२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५८ ग्राम १ सय ४० मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ बस्ने ३४ वर्षीय दावा लामा होल्मोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०८-२३

पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा पोखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कर्रा बस्ने ३६ वर्षीय संजोग पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०८-२३

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडी बस्ने २७ वर्षीय नरेन्द्र बोहरा, सोही उपमहानगरपालिका-३ चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र सोही उपमहानगरपालिका-१३ राजपुर बस्ने ४० वर्षीय चक्रपती गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१ ह ५५०५ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बोहरा र अटोमा सवार खत्री र गिरीलाई पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शौरभ यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१७ शारदानगर टाउनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही महानगरपालिका-१७ बस्ने २५ वर्षीय सुरज कुमाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना.३३ प ९९६६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बालेगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६४ ग्राम १ सय ६० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय सुदिप कुमार भाट, २६ वर्षीय पवन कुमार शर्मा र डुडुवा गाउँपालिका-६ बस्ने २७ वर्षीय राजु शाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ नेपालगंज उपमहानगरपालिका-१४ उधोपुरूवा बस्ने ५९ वर्षीय सुरत खटिकबाट लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले सुरतको घर तलासी गर्दा थप ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ४ सय ७० मिलिग्राम फेला पारी सुरतलाई समेत पक्राउ गरेको छ । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ कोरिनपुर बस्ने २५ वर्षीय कल्लु नाउ, ४० वर्षीय गड्डु ढपाली र सोही उपमहानगरपालिका-११ शान्तिनगर बस्ने २८ वर्षीय सुरज सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय लाक्पा देर्जे तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया प्रमिला राई रहेका छ्न् । अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरीले को.१ ह ७७२८ नम्बरको अटो जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक लाक्पा र अटोमा सवार प्रमिलालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री वितरणमा संलग्न सोही उपमहानगरपालिका-८ बस्ने ६६ वर्षीय टेक बहादुर तामाङको घर तलासी गर्दा थप ट्रामाडोल १ हजार २० ट्याब्लेट, स्पास्पेन १ हजार १० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रूपैयाँ फेला पारी टेक बहादुरलाई समेत प्रहरीले पक्राउ गरेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-३ बस्ने ३५ वर्षीय पंकज पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० नयाँ घुस्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय खगेन्द्र विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।