प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

उदयपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार