प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१-१२-०९

  • A
  • A-
  • A+
Share

मोरङ, उर्लाबारी नगरपालिका-३ थापा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४  ट्याब्लेट र स्पास्पेन १ सय ९४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय ईन्द्र मगर र सोही नगरपालिका-५ बस्ने ३० वर्षीय भबिन्द्र दर्जी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिक-७ लाहुरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय राजकुमार तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, कालिका नगरपालिका-७ क्लब चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अमृत बम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही गाउँपालिका-३ छोट्की कुस्मा बस्ने ४० वर्षीय शेष कुमार उपाध्यायलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिमबाट खटिएको प्रहरीले युपि ५६ एबि ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

पर्सा, पर्सागढी नगरपालिका-९ बडेरवाबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सखुवा प्रसौनी गाउँपालिका-२ जमुनिया बस्ने ६० वर्षीय धुर्व ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  एकटाँगा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र गोदावरी नगरपालिका-६ बस्ने २१ वर्षीय रवी चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१०२ प ०१४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बुद्धनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ८ सय ८० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-६ हरामटारी चोक बस्ने २५ वर्षीय अनिल अधिकारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको बा.प्र.०१.००६ ख ३९७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

झापा, भद्रपुर नगरपालिका-३ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-५ दुर्गापुर बस्ने तेह्रथुम आठराई गाउँपालिका-५ घर भएका २१ वर्षीय सुन्दर सिवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महेशपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रूपन्देही, सियारी गाउँपालिका-१ सोनारेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५९ मिलिग्राम र नगद ३ हजार ९ सय ६० रूपैयाँ सहित तिलोत्तमा नगरपालिका-१२ मकर्हर बस्ने २५ वर्षीय विशाल नायकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

धनकुटा, शहिदभुमी गाँउपालिका-१ त्रिवेणीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई रहेका छन् । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले त्रिवेणीघाटबाट पोखरेतर्फ जाँदै गरेको प्रदेश ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६

कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०१

बारा, गढीमाई नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे.३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा. प्र.०३-००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा. प्र.०३-००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को. २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।