प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पाँचथर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२५

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सरावल गाउँपालिका-२ पटखौली बस्ने ३२ वर्षीय मान सिँह चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।