प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-१२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२२ महाकाल मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिका-२० बस्ने २४ वर्षीय अनिश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीखोलाबाट नियन्त्रित लागूऔषध ब्रुर्फिन २८ एम्पुल, डाईजेपाम २८ एम्पुल र फेनारगन २६ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१९ लामापटन बस्ने ३३ वर्षीय सुबास विक र २६ वर्षीय राजन गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले स्याङ्जाबाट कास्कीतर्फ आउँदै गरेको ग.२६ प १३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ८० मिलिग्राम सहित दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय अंकित कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट सिटी सफारी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नँया बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने १९ वर्षीया वर्षा केदेमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सुरेश राना र सोही उपमहानगरपालिका-१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सु.प.प्र ०१-०१० प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट १ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-१ हिमालीपुर बस्ने २३ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय चंचल कुमार राना समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश चोक बस्ने १८ वर्षीया किशोरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १७ ट्याब्लेट र स्पास्पेन १ सय १७ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ३५ वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय सुजन गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९०४ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ बैरिया बस्ने २५ वर्षीय प्रकाश थारू र २४ वर्षीय रिजन पुन रहेका छन् । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले पडसरवाबाट बर्गदहवातर्फ जाँदै गरेको लु.९ प २७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय खड्क बहादुर घर्तीमगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०७-०८

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय १० ट्याब्लेट र नगद ४२ हजार ५ सय ९८ रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ ब्रम्हखेल घर भएका ३५ वर्षीय गणेश श्रेष्‍ठ र गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने नुवाकोट घर भएका २१ वर्षीय अनिस केसी रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले बा.प्र.०२-०३१ प ३७२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएका २९ वर्षीय जोनाम लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन ४२ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका-६ घर भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका-२ घर भएका २९ वर्षीय दिपक परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका-७ बस्ने ३० वर्षीय टार्जन चौधरी र इनरूवा नगरपालिका-८ बस्ने १९ वर्षीय लम्बु भन्ने साहदिन हुसेन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ बुधबारे चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रकास चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय पुर्ण बहादुर चन्द र २४ वर्षीय शंकर देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७७ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका ३४ वर्षीय राजु बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ४३१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १७ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आशिष भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय आकाश रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने २६ वर्षीय रामकृष्ण बराललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०७-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५२७६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १३ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय अनिल कुमार हरिजनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध गाँजा ८७ ग्राम ९ सय ७० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय सुरज लामिछाने र ललितपुर, ललितपुर महानगरपालिका-३ बस्ने ३३ वर्षीय आस्तिक सेरचन रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले पश्चिम रूकुमबाट पूर्वी रूकुमकोटतर्फ आउँदै गरेको बा.३७ प ८४४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ जोकवारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ७७ ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-४ बरमपुरवा बस्ने ४५ वर्षीय दान बहादुर हरिजनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ७ सय २० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ बस्ने २४ वर्षीय अमित दर्जी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६

कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।