प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

२०८१-१२-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी छिन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन १० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१ प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।