प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

२०७८-१०-०३

  • A
  • A-
  • A+
Share

बारा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय संतोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।
गत पुस २५ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो । ती बालिकाको शव फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बारा तथा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा निज बालिकाको जबरजस्ती करणी पछि हत्या गरी फालेको खुल्न आएपछि घटनामा संलग्न संतोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०२

उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१२-२५

भक्तपुर, १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ बिवाह गर्छु भनि प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।