प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

२०८२-०१-१५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, शिवराज नगरपालिका-५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारत बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त रकम फेला पारी पक्राउ गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।