प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८२-०१-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नुर्फिन ३३ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नगद ३७ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय नवाङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र पोल्याण्ड करिब १ सय ग्राम सहित ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ हाडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका-४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका-१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्की रहेका छन् । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम अरेराज मलाही ११ मललाही बस्ने २३ वर्षीय नितिश कुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ०५ बिए ४८१७ नम्बरको कार तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक नितिश र कारमा सवार सिद्धान्तलाई पक्राउ गरेको हो ।  

सुनसरी, हरिनगरा गाउँपालिका-३ गौतमपुरबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने ३० वर्षीय अमिर मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी गौतमपुर समेतबाट खटिएको प्रहरीले सत्तरझोराबाट गौतमपुरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक मियालाई पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ८० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २७ वर्षीय प्रदिप बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १३ मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल भारतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित उदयपुर वेलका नगरपालिका-३ बस्ने ४१ वर्षीय जयराम दाहाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह २९३४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक जयरामलाई पक्राउ गरेको हो ।

झापा, बुद्धशान्ति गाउँपालिका-३ झिलझिले पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रितम मेचेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित सिराहा बिष्णुपुर गाउँपालिका-३ घर भएका २१ वर्षीय अमन यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपहानगरपालिका-१६ जोरसखुवा भूमीपथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-२९

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, टोखा नगरपालिका-३ स्थित ग्राण्डी अस्पतालको पछाडिबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेस्ट बंगाल ईस्लामपुर-११ घर भएका ४० वर्षीय साशिक आलम र भारत बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम रहेका           छन् । काठमाडौं उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट भारत पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा साशिक र मोहमद मन्जुरसँग बिक्री गर्नको लागि खैरो हेरोइन रहेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी फलामको रड प्रहार गरे पश्चात प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा दुबै जना घाइते भएका थिए । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी समेत ५ जनालाई मंगलबार राति प्रहरीले  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने अर्नमा गाउँपालिका-३ हरकट्टा घर भएका २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गोल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय श्याम कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोल चोकबाट सैनिक चोकतर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४ प ८३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-७ शिवालय मन्दिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय प्रवेश लिम्बु र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय सुजन कार्कीडोली रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवापुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय अनिस थापा, हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रशान्त भन्ने तेजन स्याङ्तान र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय एलिश लुङ्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद २२ हजार ५ सय १० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने कैलाश गाउँपालिका-९ घर भएका १९ वर्षीय निश्चल लामा नेगी र सोही उपमहानगरपालिका-९ डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ बौथलीचोक बस्ने  ६० वर्षीय भाईराज श्रेष्ठलाई अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ८ सय ७५ ग्राम र चरेश जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल आफलडोलबाट नियन्त्रित लागूऔषध नोफिन २९ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन ५४ एम्पुल, सिरिन्ज ५२ थान, नगद १ लाख ३७ हजार ५ सय ६५ नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँ र मोबाइल ८ थान सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३६ वर्षीय सुरज बानिया, सोही नगरपालिका-९ लुभु बस्ने २८ वर्षीया निनामा राई, २५ वर्षीय आयुष राई, सोही नगरपालिका-३ बोझेपोखरी बस्ने २३ वर्षीय अन्जन राना र सोही नगरपालिका-१ बस्ने मोरङ विराटनगर घर भएका ३३ वर्षीय अजय गौतम रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले अजय गौतमको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ भैरहवा बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ९७ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत कानपुर बस्ने २४ वर्षीय साहवान खान, २२ वर्षीय फैसल खान र २४ वर्षीय साहजन खान रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र टालजेसीक ७५ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-१ बस्ने २२ वर्षीय कृष्ण विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१० पथ्थरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ कटुकी बस्ने २८ वर्षीय केशव डाँगी र सोही उपमहानगरपालिका-९ मछाई बस्ने २२ वर्षीय केशव घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बाँसबारी बस्ने २३ वर्षीय रोनिस दाहाल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०१०९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ अनारमनी बस्ने ४२ वर्षीया अन्जु मण्डल र सोही नगरपालिका-१ सूर्यनगर बस्ने २४ वर्षीय अशारू चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ बस्ने २६ वर्षीय सुरज सुनार र २६ वर्षीय सुमित विक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेको बा.प्रदेश ०२-०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-९ न्यूरोड बस्ने गोरखा पालुङटार नगरपालिका-१० घर भएका २५ वर्षीय दिनेश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग.२ ख १६१९ नम्बरको माईक्रोबसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  । कैलाली, लम्कीचुहा नगरपालिका-४ चौरीपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६ ट्याब्लेट सहित सोही नगरपालिका-६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४० ट्याब्लेट सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।