प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका चोरीमा संलग्न आठ जना पक्राउ

२०८२-०१-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका-११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका-१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका-१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका-११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका-१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २४ वर्षीया कबिता राई रहेका छन् । 

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रूपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

सम्बन्धित समाचार
डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-२९

काठमाडौं, डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तामाङ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-४ गोकर्णबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-१०-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।  पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-१०-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने काठमाडौं कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका-२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका-२६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने काभ्रे चौंरीदेउरीली नगरपालिका-९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।  पक्राउ मध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका-११ बाट तथा कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, कोपिलालाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।