हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
काठमाडौं, ३१ वैशाख
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भएकी २८ वर्षीया बिमला तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका ४० वर्षीय राम चन्द्र पन्तलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा बिमला गत चैत २९ गते साँझ मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।