ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०२
- A
- A-
- A+
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा गत चैत १९ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।