प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

तेह्रथुम, ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार