प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ फेदीगोठ घर भएका २६ वर्षीय रविन कार्की र काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने गोरखा शहिदलखन गाउँपालिका-८ बुङकोट घर भएका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट २०८१ फागुन ६ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका रविनलाई बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख १४ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका समिरलाई काठमाडौं महानगरपालिका-९ गौशालाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ मध्ये रविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने समिरलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

सम्बन्धित समाचार
रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।भिम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
२०८२-०८-२२

सुनसरी, रामधुनी नगरपालिका-२ बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका १ बस्ने ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ वर्षीय ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ वर्षीय ३७ वर्षीय गियास मन्सुरी, सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ बस्ने २८ वर्षीय अंकित साह र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।रामधुनी नगरपालिका-२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।