प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८२-०३-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  


सम्बन्धित समाचार
शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका-४ बस्ने २५ वर्षीय अतुल कुमार मिश्र र पर्सा वीरगंज महानगरपालिका-२१ बस्ने बारा घर भएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले अतुललाई काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट आइतबार र अब्दुललाई पर्सा वीरगंज महानगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका-१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया बिमला थापा, ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रूपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रूपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रूपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुन्नालाई काठमाडौं महानगरपालिका-१२ बाट शनिबार, भुमिकालाई ललितपुर महानगरपालिका-२६ बाट, बिमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र केशव बहादुरले काठमाडौं महानगरपालिका-९ बाट आइतबार तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अभद्र व्यवहार गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-९ बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय आशिष मोक्तान, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने काभ्रे महाभारत गाउँपालिका-६ घर भएका ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन् ।काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरू समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८३-०४-११

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने कैलाली घोडाघोडी नगरपालिका-११ घर भएका ३३ वर्षीय संदिप सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनलाई मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०४-०९

कास्की, अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका-१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारत कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय Mohammed Yasheer रहेका छन् ।  पोखरा महानगरपालिका-५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले Oasis Tourism International नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी 3N/4D Holiday voucher fill & win register & win assured gift लेखिएको coupon भर्न लगाई रकम उठाउने गरेको र हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा visit गराउने भन्ने प्रलोभनमा पारी उक्त coupon भर्न लगाई ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको समेत खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् । पक्राउ मध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।