प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०३-१०

  • A
  • A-
  • A+
Share

पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गुल्मी, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईश्मा गाउँपालिका-३ बस्ने ३६ वर्षीय गोर बहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार