प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-११

  • A
  • A-
  • A+
Share

पाल्पा, 

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-१७

काठमाडौं, रूपन्देही, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।