प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

२०८२-०३-१५

  • A
  • A-
  • A+
Share

सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल बस्ने ६० वर्षीया सेती मायालाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ५९ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका-१ कुटुमगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ३५ वर्षीय रंजित शर्मा र ३० वर्षीय रोम बहादुर राजबंशी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९६१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ विराटचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल कुमार भट्टराईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिराहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँधबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बडकी टोल बस्ने २४ वर्षीय रमेश कामती र २० वर्षीय दिपक कामती रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले माडरबाट कल्याणपुरतर्फ जाँदै गरेको स.६ प ४९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सिराहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने १९ वर्षीय बिष्णु पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बागमती प्रदेश-०२-०३९ प ९४२१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने २० वर्षीय सिसिर लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनुषा, जनकनन्दनी गाउँपालिका-१ कमला बाधस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४९ ग्राम ५ सय ६० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-४ मौहुलिया बस्ने १९ वर्षीय कृष्ण ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगर सहित सात जना पक्राउ
२०८३-०६-२०

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने ४१ वर्षीय जितेन्द्र रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले जितेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ खोक्लिङ बस्ने ३१ वर्षीय राजन राई र उनकै श्रीमती ३० वर्षीया इच्छा परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३९ वर्षीय मिनराज गिरी समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १३७० नम्बरको ईभी गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी ईभी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ जगडोल पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५९ ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-११ कपन खरीबोट बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ घर भएका १९ वर्षीय डवाङ सोनाम शेर्पालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय योगेन मगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ३१ वर्षीय धिरेन मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले धिरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-४ भेटघाट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले को.१५ प ६३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय अनिश शाक्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-५ होक्लाबारी पैनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १५ मिलिग्राम सहित भारत किशनगंज दिघलबैंक मोहमारी बस्ने २८ वर्षीय फिरोद आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६७ मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-‍९ बस्ने ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय बिकास चौधरी र झापा गाउँपालिका-५ बस्ने २७ वर्षीय संजय दनुवार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका ३६ वर्षीय अर्जुन महत र तातोपानी गाउँपालिका-८ घर भएका २७ वर्षीय नकुल शाही रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २६ वर्षीय बिशाल बिष्ट, सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय राम बहादुर शाही र  सोही नगरपालिका-५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन १० ट्याब्लेट र ट्रामाडोल ४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय रवि खड्का समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-१९

रूपन्देही, बुटवल उपमहानगरपालिका-४ हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ देवीनगर डेरा गरी बस्ने गुल्मी घर भएका ३८ वर्षीय चन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भवनीयापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय शंकर शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ रिङ रोड वीरेन्द्र टोलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय गौरी सिंह महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०६-१९

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इलाम, इलाम नगरपालिकाप-१० बस्ने २६ वर्षीय सरोज बानियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय नरेश खड्गी र ३५ वर्षीय कृष्णा राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-६ बस्ने २१ वर्षीय शुसान्त विक र २० वर्षीय निर्मल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-५ ठाकुर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय अरूण मण्डल र २९ वर्षीय विवेक धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ फलामे पुल बस्ने ३२ वर्षीय बिमलराज धामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित पर्सा छिपहरमाई गाउँपालिका-५ बस्ने १९ वर्षीय फारूक आलम समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट जीतपुरतर्फ आउँदै गरेको बीआर २२ बिएल ८१७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, कपुरकोट गाउँपालिका-३ कपुरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ श्रीनगर बस्ने २८ वर्षीय बिकास हमाल र २८ वर्षीय निराजन सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले दाङको तुलसीपुरबाट सल्यानतर्फ आउँदै गरेको लु.९६ प ४०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-९ गन्जहुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बस्ने २७ वर्षीय डेबिट चौधरी र  ३४ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमन पन्थीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जित चौधरी समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, चौबिसे गाउँपालिका-६ टुक्रेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५ ट्याब्लेट सहित सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय उपहार राई समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०६-१८

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६१ ग्राम ९ सय ७० मिलिग्राम सहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २७ वर्षीय अरविन्द कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरी समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३१ वर्षीया सुष्मा तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ थपालीपुर बस्ने २२ वर्षीय ललित राना क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-१ तोङवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट र स्पास्पेन ७ ट्याब्लेट सहित छथरजोरपाटी गाउँपालिका-६ बस्ने २७ वर्षीय शान्तिराम थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित सोही गाउँपालिका-६ कटेज चोक बस्ने २६ वर्षीय सन्तोष हेमरमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । गोरखा, गोरखा नगरपालिका-११ बाह्रकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ लक्ष्मीबजार बस्ने २५ वर्षीय सन्तोष सुनार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले मझुवादेउरालीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.१९ प २५९९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २० वर्षीय निरक शाही समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले निरकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-११ बस्ने ३६ वर्षीय विशाल बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।