जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-२१
- A
- A-
- A+
भक्तपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।