ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१०
- A
- A-
- A+
काठमाडौं, ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने सुनसरी गढी गाउँपालिका-५ घर भएका ४८ वर्षीय हिरा बहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीबाट २०८२ असार १७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुडालबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लगि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ ।