प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-११

  • A
  • A-
  • A+
Share

पाल्पा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१० कुमाल गाउँ बस्ने २१ वर्षीय रबिन कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । रबिनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।  

सुर्खेत, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ दैलेख गुराँस गाउँपालिका-५ गोगनपानी घर भएका ३१ वर्षीय उत्तम चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०२

मकवानपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका-७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।