प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सुर्खेत, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी सुर्खेत, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-१०-०३

इलाम, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माई नगरपालिका-७ बस्ने २० वर्षीय कृष्ण योक्पाङदेनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनसरी, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने २७ वर्षीय अमन सदालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अमनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।