जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-०५
- A
- A-
- A+
संखुवासभा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुस्कर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुस्करले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोल्पा, ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोक बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लोक बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।