अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०५-०५
- A
- A-
- A+
डोटी, दिपायल सिलगढी नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ कैलडा बस्ने २३ वर्षीय उपेन्द्र शाहु र आदर्श गाउँपालिका-१ बाँझककनी बस्ने २३ वर्षीय सन्तोष खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले से.७ प ९०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मकवानपुर घर भएका २५ वर्षीय सुशान्त मान्नधर समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको बा.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ कस्तुरी मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय सुनिल मगरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनार समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ आउँदै गरेको प्र.२-०१-००१ ज ००४३ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७३ मिलिग्राम सहित स्याङ्जा आँधीखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय ख्याम बहादुर गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९१ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-१२ बस्ने २६ वर्षीय सागर केसी र सोही नगरपालिका-९ बस्ने २६ वर्षीय चुरेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र अस्थायी प्रहरी पोष्ट मिलनचोकबाट खटिएको प्रहरीले केत्तुकेबाट रमाईलोडाँडातर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।