प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-१७

  • A
  • A-
  • A+
Share

भोजपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रसाद राई गाउँपालिका-३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार