अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-२२
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी पिपलबोटबाट अवैध लागूऔषध पोल्याण्ड ९ सय ग्राम र गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय डिल्लीराम सुनुवारलाई आतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ८ सय ९० ग्राम सहित कैलाश गाउँपालिका-१ डाँडाखर्क बस्ने ४८ वर्षीय जंग थिङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।