नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-२९
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २१ वर्षीय हरी बुढालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क.प्र.०२-००१ प ९९९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ पोखरी टोलस्थित सन्ताउन्नपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, बुप्रेनोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र सिरिन्ज ५ थान सहित चितवन भरतपुर महानगरपालिका बस्ने ४० वर्षीय अजय श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।